Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जुवा खेलेको आरोपमा काठमाडौंबाट १० जना पक्राउ

काठमाडौं । जुवा खेलेको आरोपमा काठमाडौंबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर-४ स्थित एक घरबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घरको फ्ल्याटमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनापछि प्रहरी वृत्त महाराजगञ्जको टोलीले फ्ल्याट भाडामा लिने व्यक्तिसहित १० जनालाई पक्राउ गरेको हो।

फ्ल्याट धरानकी ४३ वर्षीया विनिता गिरीले भाडामा लिएकी थिइन्।

पक्राउ परेकाहरूबाट प्रहरीले ८ बुक तास र एक लाख ४७ हजार रुपैयाँ बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077