Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 879
    SHARES

    फाइल तस्विर

    मुस्ताङ । मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा आज लेक लागेर ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार मुक्तिनाथ जाने क्रममा लेक लागेर बिरामी भएका पटेललाई प्रहरीले उपचारका लागि जोमसोम अस्पताल पुर्‍याएको थियो । उनलाई अस्पताल ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।



    पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए । प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो ।



    मुक्तिनाथ आसपासको क्षेत्रमा शनिबारदेखि हिउँ परेको छ । हिमपातसँगै चिसो बढेको छ । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार