Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • माधव नेपाललाई फकाउन प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी कोटेश्वरमा

    माधव नेपाललाई फकाउन प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी कोटेश्वरमा

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन् ।

    सत्ता गठबन्धन फेरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका हुन् ।



    नेपाल बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहेका छन् । नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीले पर्ख र हेरको नीति लिएको छ ।



    तर प्रचण्ड माधव नेपाललाई पनि नयाँ गठबन्धनमा सामेल गराउने तयारीमा छन् । मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ ।

    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार