Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एमाले नआए पनि समाजवादी मोर्चा कायमै रहन्छ : पम्फा भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा नेकपाएमाले नआए पनि मोर्चा कायम रहने बताएकी छन्।

उपाध्यक्ष भुसालले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताएकी हुन्।

उनले समाजवादी मोर्चा विगतामै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुननहुने बताइन् ।

एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत् हुनसक्ने उल्लेख गर्दै उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुनु नहुने बताइन् ।

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूका बीचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077