Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवि लामिछाने गृहमन्त्री भएपछि सहकारी प्रकरणको अनुसन्धान रोकियो : रामहरि खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भएपछि सहकारी ठगीबारे प्रहरी अनुसन्धान रोकिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

सांसद खतिवडाले भने,‘काठमाडौंबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो।’

जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ ।

सांसद खतिवडाले निर्दोष भए छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्‍यो ? भन्दै प्रश्न गरे।

आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077