Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बिस्का जात्रामा भाँचियो भैरवनाथको रथ

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पहिलो दिनमै भैरवनाथको रथ भाँचिएको छ ।

भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको हो ।

पहिलो दिन रथ तानेर ग हिटीमा पुर्‍याएर जात्रा सम्पन्न गर्नुपर्ने थियो । तर, रथको मेरुदण्ड मानिने ४ वटा गल सीमध्ये ३ वटा भाँचिएपछि रथ ग हिटीमा पुर्‍याउन नसकेको हो ।

गुठी संस्थान अन्तर्गत रहेर सञ्चालन हुने बिस्का जात्राको रथ अहिले ग हिटीमा नजिकै राखेर मर्मत कार्य भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077