Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अशोक राई नेतृत्वको जसपाबाट स्वास्थ्यमन्त्री बन्दै प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पठाउने भएको छ।

अशोक राई नेतृत्वको जसपाले प्रतिनिधिसभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय गरेको हो ।

दुवै जनाले आजै शपथ लिने तयारीसमेत रहेको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार नै राजीनामा दिएका थिए ।

त्यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका थिए । त्यस्तै जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ ।

तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने बताइएको छ । जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077