Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने

काठमाडौँ । नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छ । दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन अवधिको तापक्रम पनि उच्च रहने भएको छ ।

विभागले सोमबार सार्वजनिक गरेको ऋतुगत मनसुन प्रक्षेपण अनुसार मनसुनको दोस्रो सत्र बढी वर्षामय हुने जानकारी दिएको छ । विभागको प्रक्षेपण ख्याल गर्दै आगामी तयारीमा जुट्न जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गरे ।

विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले यस वर्षको वर्षाले जनधनको क्षति गर्ने विपत् आउन सक्ने सम्भावनालाई ध्यानमा राखी सोही अनुसार पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले सन् १८८० को दशकमा भारत हुँदै नेपालमा मौसम पूर्वानुमान थालिएको इतिहास बताउँदै त्यसयताका मौसमी उतारचढावको चर्चा गरे ।

त्यो उतारचढाव अनुसार पछिल्लो समय मनसुनको अवधि पछाडि सर्दै र लम्बिँदै गएको विभागले प्रस्ट पारेको छ । जस अनुसार हरेक वर्ष जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधि मनसुनको रहने गरेकोमा सो लम्बिँदै अगस्ट २ तारिखसम्म पुगेको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077