Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बकैया भीरमा कार दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

ललितपुरबाट हेटौँडा जाँदै गरेको ग ३ ९४७५ नम्बरको कार मकवानपुरको कान्ति लोकपथ सडकमा दुर्घटनामा परेको हो ।

घाइतेहरूमा बाराको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप साह, रौतहटको मौलापुर नगरपालिका-६ का १७ वर्षीय विवेक साह र मकवानपुरको भीमफेदी गाउँपालिका-८ ६५ वर्षीय प्रेमबहादुर ब्लोन छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कार सडकबाट करिब पाँच सय मिटर तल खसेको हो।

कार दुर्घटनाग्रस्त अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटिएको थियो।

कारमा सवार तीन जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077