Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बालेनविरुद्ध सडक विभाग ‘एक्सन’मा, भन्यो - भत्काइएको सडक दुई दिनभित्र पुनर्स्थापना गर्नू

काठमाडौँ । सडक विभागले काठमाडौँ महानगरपालिकालाई भत्काइएको सडक खण्ड दुई दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको छ ।

बुधबार काठमाडौँ महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अनुरोध गरेको हो ।

महानगरले सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटमा एक ट्रक धुलो फ्याँकेपछि प्रमुख बालेन शाहविरुद्ध सडक विभाग ‘एक्सन’ मा उत्रिएको छ ।

यसअघि मेयर शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गरेका थिए ।

त्यसपछि सडक विभागले जथाभाबी सडक काट्न रोकेपछि बालेनले अराजक व्यवहार देखाएको भन्दै प्रतिकारको चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077