Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्व कपअघि अमेरिकासँग अन्तिम वार्मअप म्याच खेल्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले आज घरेलु टोलीसँग वामअर्प म्याच खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको आधिकारिक तालिकाअनुसार नेपालले आज अमेरिकासँग वार्म अप खेल खेल्ने भएको हो । ​

अमेरिकाको डलासको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ।

नेपालले यसअघि क्यानडासँग पहिलो खेल खेलेको थियो । उक्त म्याचमा नेपाल ६३ रनले पराजित भएको थियो ।

नेपालले ४ जुनमा नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ।

जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077