Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गृहमन्त्रीको सनकका भरमा नागरिकलाई सडकमा उभ्याउन पाइँदैन : रामहरि खतिवडा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कसैको सनकका भरमा कानुनमै नभएको कुरा लागू गर्न नहुने बताएका छन् ।

ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा उभ्याउने गृहमन्त्री रवि लामिछानेको निर्णयका बारेमा बोल्दै सभापति खतिवडाले यस्तो बताएका हुन् ।

सभापति खतिवडाले मन्त्रीको निर्देशनका आधारमा नागरिकको वैयत्तिक अधिकार हनन गर्न नहुने बताए ।

कांग्रेस नेतासमेत रहेका खतिवडाले मापसे गरेर सवारीसाधन चलाउनेलाई सडकमा खटाउने कार्य कानुनविपरीत भएको टिप्पणी गरे। उनले ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनअनुसार मात्र कारबाही हुनुपर्ने बताए ।

सभापति खतिवडाले भने,’कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन। अहिले सडकमा केही मान्छेहरुलाई कुनै मन्त्रीको निर्देशनमा, कुनै उप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर राख्ने पद्धति कानुनबिना यो सरासर गलत छ।’

अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर कानूनबिना राख्ने प्रवृत्ति गलत भएको बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेलाई बुधबारदेखि कारबाहीका क्रममा ट्राफिक स्वयंसेवक बनाएर एक घण्टा सडकमै खटाउन थालेको छ।

गृहमन्त्री लामिछानेले मंगलबार सामाजिक सञ्जालमा महिला ट्राफिक महिनावारीका बेला ४ दिन खट्न नपर्ने र उनीहरूको स्थानमा मापसेलगायत ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा खटाइने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077