Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ट्रम्पलम्यान सामु निरीह बन्यो ओमान, १०९ रनमै अलआउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगतको जारी खेलमा ओमानले नामिबियालाई ११० रनको मध्यम लक्ष्य दिएको छ।

किङ्सटन ओभल बार्बाडोसमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो ।

रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह बन्यो । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

उनले ४ ओभरमा मात्र २१ रन खर्चिए । यस्तै डेभिड वाइजको नाममा तीन विकेट रह्यो। जेराड इरामुसले २ विकेट लिँदा बेनार्ड स्कल्टले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077