Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रोमाञ्चक खेलमा नामिबियाको जित, सुपर ओभरमा ओमान पराजित

काठमाडौँ । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । निर्धारित २० ओभर बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा नामिबियाले पहिले ब्याटिङ गर्दै २१ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको ओमानले लक्ष्य पूरा गर्न सकेन र खेल नामिबियाको पक्षमा गयो। ओमानले सुपर ओभरमा १ विकेट गुमाउँदै १० रन मात्र बनायो।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।

तर नामिबियाले पनि २० ओभर खेल्दै १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077