Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : नेदरल्याण्ड्ससँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दै छ ।

समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो ।

अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने दुई देशबीचको खेल नेपाली समयानुसार राति सवा ९ बजे शुरू हुनेछ । 

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् ।

पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ।

१० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077