Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले विजयी शुरूआत गरेको छ ।

समूह डी अन्तर्गत न्यूयोर्कमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएर विजयी शुरूआत गरेको हो ।

ब्याटिङका लागि असहज मानिएको पिचमा श्रीलंकाले दिएको ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077