Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले युगान्डालाई १८४ रनको विजयी लक्ष्य दिएको छ।

प्रोभिडेन्स स्टेडियम गुएनामा टस हारेर पहिले ब्याटिङमा आएको अफगानिस्तानले ५ विकेट गुमाएर क्षतिमा १ सय ८३ रन बनाएको हो ।

टोलीका लागि ओपनरद्वय रहमनुल्लाह गुरुबाज र इब्राहिम जादरानले अर्धशत बनाए ।

युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २/२ विकेट लिए ।​ युगान्डाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

ताजा अवस्थामा ८.२ ओभरमा ५ विकेट गुमाएर २८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077