Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेट : अफगानिस्तानको शानदार जित, युगान्डा ५८ रनमा 'अलआउट'

एजेन्सी । आईसीसी टी–२० विश्वकपमा समूह सी अन्तरगतको खेलमा अफगानिस्तानले युगान्डामाथि शानदार जित निकालेको छ ।

मंगलबार बिहान प्रोभिडेन्स रंगशालामा भएको खेलमा अफगानिस्तानले युगान्डामाथि १२५ रनको शानदार जित निकालेको हो ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डाले १६ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो ।

यसअघि अपोनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानको शतकीय साझेदारीको मद्दतले अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो ।

टी–२० विश्वकपमा आज हुने अरु खेलमा नेपाली समयअनुसार बेलुका सवा ८ बजे इंग्ल्यान्ड र स्कटल्याण्ड तथा राति सवा ९ बजे नेपाल र नेदरल्यान्डस् खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077