Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

टस हारेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

अमेरिका ड्यालसमा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो ।

काठमाडौंको मूलपानी मैदानमा गत कात्तिकमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई०लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड्स भने पाँचौंपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड्स दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077