Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस सांसद खतिवडाको टिप्पणी - मन्त्रीज्यूहरू, तपाईंको पद ससुरालीबाट दाइजो ल्याएको होइन !

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट बनाउँदा संसद्लाई नै बाइपास गरिएको आरोप लगाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।

खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद खतिवडाले बजेट निर्माणमा मन्त्रीहरूले सत्तारप्रतिपक्ष भनेर विभेद गरेको आरोप लगाए ।

सांसद खतिवडाले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू जहिले पनि सत्ता जोगाउने काम गरिरहेका छन् । नजिकका नाता र दातालाई रिझाउने काम भएको छ । संसद्का कर्मचारीहरू कालोपट्टी बाँधेर काम गरिरहेका छन् । मन्त्रीज्यूहरू, तपाईंहरूको ससुरालीबाट दाइजो ल्याएको पद होइन, यही संसद्बाट निर्वाचित भएको हो, संसद्लाई छल्ने काम नगर्नुस् ।’

सांसद खतिवडाले पार्टीको झण्डा नबोक्ने कर्मचारीलाई मन्त्रालयमा विभेद गरिएको बताए । व्यवस्था परिवर्तन भएको भएता पनि प्रवृतिमा परिवर्तन नआएको सांसद खतिवडाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077