Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मनसुन सुरु भएयता ५७ जनाको मृत्यु, २० करोड आर्थिक क्षति

काठमाडौँ । मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको हो ।

त्यसयता एक सय जना घाइते र एक हजार २३ घरपरिवार प्रभावित बन्न पुगेका छन् । २० करोड ७३ लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ ।

अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । विगत २४ घण्टामा मात्र देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपत्को जोखिम थप उच्च बनेको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसममा सुधार हुने अवस्था छैन । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077