Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बाँकेबाट चारजना हुण्डीकारोबारी पक्राउ, साढे २४ लाख बरामद

बाँके । बाँकेमा साढे २४ लाखभन्दा बढी रकमसहित चार जना हुण्डीकारोबारी पक्राउ परेका छन् ।

बाँकेका प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका – १८ का २९ वर्षीय राजु भुजु श्रेष्ठ, नेपालगञ्ज – ३ का २५ वर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका – ७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ घर भइ बाँकेको नेपालगञ्ज – ३ बस्ने ३० वर्षीय राहुल देवल पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा उनीहरुलाई शुक्रबार नेपालगञ्ज – १२ बेलासपुरस्थित टिभी, फ्रिज मर्मत गर्ने पसलबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

टिभी र फ्रिज मर्मत गर्ने पसलमा बिगतदेखि नै अवैध रुपमा हुण्डीकारोबार हुँदै आएको भन्ने स्थानीयको गोप्य सूचनाका आधारमा सादा पोशाकका प्रहरीले छापा मारेको थियो।

उक्त पसलमा खानतलासी गर्दा बैंकमा पैसा जम्मा गरेका भौचरहरु, हिसाब किताब राखेको कापी, नोट बुकसहित नगद २४ लाख ६२ हजार ३१५ रूपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077