Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

खानेपानीमन्त्री यादवले भने - यो डबल इन्जिनको सरकार हो, आफ्नो अवधिसम्म चल्छ

काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन्।

खानेपानी मन्त्रालयको पदभार ग्रहण गरेपछि खानेपानीमन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भएकाले लामो समय चल्ने दाबी गरे।

खानेपानीमन्त्री यादवले भने,‘यो सरकार लामो चल्छ, किनकी यो केपी ओलीको सरकार हो। डबल इन्जिनको सरकार छ। यो इन्जिन एकदम झक्कासले चल्छ। हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ। यो सरकार आफ्नो अवधिसम्म चल्छ। डबल इन्जिनको सरकारलाई सफल बनाऔँ।’

अहिलेको सरकार डबल इन्जिनको सरकार भएको पनि उनले बताए। उनले सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077