Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

कैलालीको अत्तरियामा फस्टायो यौनधन्दा, जोडिहरु समात्दै प्रहरी

कैलाली । कैलालीको अत्तरियामा अनैतिक कार्य बढ्न थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । सो क्षेत्रका विभिन्न होटेलहरुमा अनैतिक क्रियाकलाप बढेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले विशेष निगरानी बढाएको हो ।

शुक्रबार मात्र गोदावरी नगरपालिका–१ मा रहेको पुजा होटलबाट अनैतिक कार्यमा संलग्न एक जोडी पक्राउ परेको थियो । ३६ वर्षीय एक पुरुष र २१ वर्षीया एक महिला पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

अनैतिक कार्यमा संलग्न जोडिहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेका छन् । मालाखेती प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा अत्तरियाबाट अनैतिक कार्यमा संलग्न ३० महिला र २८ पुरुषलाई नियन्त्रणमा लिएको तथ्यांक छ ।

सो वर्षको अन्तिम तीन महिनाको अवधिमा मात्र १६ महिला २० पुरुष र एक जना तेस्रोलिङ्गी गरेर ३७ जना नियन्त्रणमा लिएको बताइएको छ ।

अशिक्षा, बेरोजगारी, श्रीमानबाट धोका पाएका र कतिपय देखासिकीमा परेर महिलाहरु यस्तो कार्यमा संलग्न रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077