Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु

काठमाडौं । भक्तपुरको चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भएर भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोल बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको बाल्टिनमा डुबेर मृत्यु भएको हो ।

सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी थिइन् ।

उपचारको क्रममा ख्वप अस्पताल च्यामासिंहमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077