Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकारले शिक्षकहरूका माग तत्काल सम्बोधन गर्नुपर्छ : नैनसिंह महर

सरकारले शिक्षकहरूका माग तत्काल सम्बोधन गर्नुपर्छ : नैनसिंह महर

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसँग कुराकानी गर्दै नेता महरले सो कुरा बताएका हुन् ।

उनले सरकारसँग विगतमा भएका सहमति अनुसार शिक्षकहरूका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता देखाउनुपर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका महरले शिक्षकहरूलाई वार्तामा बोलाएर उनीहरूका जायज माग छिटोभन्दा छिटो पूरा गरिदिनुपर्ने बताए।

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरू ११ दिनदेखि काठमाडौंमा आन्दोलित छन्।

आफ्ना मागहरू पूरा नभए जिल्ला नफर्किने उनीहरूले चेतावानी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077