Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकारले शिक्षकहरुका जायज माग पूरा गर्नुपर्छ : सभापति देउवा

सरकारले शिक्षकहरुका जायज माग पूरा गर्नुपर्छ : सभापति देउवा

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन्।

नेपाल मुस्लिम संघले पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताए।

उनले शिक्षकहरुको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरु पनि तयार हुनुपर्ने जिकिर गरे ।

त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको धारणा राखे ।

अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077