Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

निजामती सेवा ऐन जारी प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने निजामती कर्मचारीहरूको चेतावनी

निजामती सेवा ऐन जारी प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने निजामती कर्मचारीहरूको चेतावनी

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । निजामती कर्मचारीहरूले संघीय निजामती सेवा ऐन जारी गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।

आज पत्रकार सम्मेलन गर्दै संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा ऐन जारी गर्ने प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएको हो।

संयुक्त ट्रेड युनियन सञ्जालले विगतमा भएका सहमति र सर्वोच्च अदालतले दिएको आदेशअनुसार ऐन जारी गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

कर्मचारीहरूनिकट संगठनहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रियस्तरका ट्रेड युनियनबाट साझा मागको रूपमा विगतमा पेस गरिएका ८५ बुँदे मागहरू, २०७८ माघ १२ गते सर्वोच्च अदालतको निर्देशनात्मक आदेश जारी गरी संघीय निजामती सेवा ऐन जारी गर्न भएको फैसला र स्थानीय तहका कर्मचारीको आन्दोलन पश्चात नेपाल सरकार र राष्ट्रियस्तरका ट्रेड युनियन बीच २०८० असोज २७ गते भएको सम्झौतामा भएका मागहरूलाई सश्लेषण गरी तपसिलका विषयहरूलाई अनिवार्य रूपमा समावेश गरी संघीय निजामती सेवा ऐन जारी गर्न राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग वार्ता, संवाद र छलफल गरी सो ऐन जारी गर्ने प्रक्रियामा अगाडि बढाउन जोडदार माग गर्दछौं।’

सरकारले यस्ता विषयलाई समयमै सम्बोधन नगरेमा सार्वजनिक प्रशासनका तथा शैक्षिक क्षेत्रमा समेत गम्भीर समस्या उत्पन्न हुने र यसले प्रशासनिक तथा शैक्षिक क्षेत्रमा अराजकता निम्त्याउने कुरामा समेत सचेत रहन उनीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077