Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बडीमालिका दर्शन गरेर फर्किने क्रममा भिरबाट लडेर तीर्थयात्रीको मृत्यु

बडीमालिका दर्शन गरेर फर्किने क्रममा भिरबाट लडेर तीर्थयात्रीको मृत्यु

शुक्रवार , श्रावण २३, २०८२

बाजुरा । बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एकजना तीर्थयात्रीको भिरबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-५ काठमाडौँका ५२ वर्षीय विप्लव ओझा रहेका छन् । भिरबाट करिब ७ सय मिटर तल खोल्सामा ओझा मृत भेटिएका हुन्।

ओझा पूर्वशिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा हुन्।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077