Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

चोर बाटोबाट खाडी मुलुक पठाउन दिल्ली पुर्‍याइएका ४० महिला काठमाडौं आइपुगे

चोर बाटोबाट खाडी मुलुक पठाउन दिल्ली पुर्‍याइएका ४० महिला काठमाडौं आइपुगे

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । घरेलु कामदारको रुपमा अवैध बाटो हुँदै खाडी मुलुक पठाउने उद्देश्यले भारत पुर्‍याइएका ४० नेपाली महिलालाई काठमाडौं फिर्ता ल्याइएको छ ।

रुपन्देहीको सुनौली नाकाबाट दिल्ली पुर्‍याइएका ४० नेपाली महिलालाई उद्दार गरेर शुक्रबार काठमाडौं फिर्ता ल्याइएको हो ।

भारतको दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका अवस्थामा  दिल्लीस्थित नेपाली दूतावास, प्रहरी सहचारी, भारतीय प्रहरी र किन इण्डियाको संयुक्त पहलमा हिजो ६३ जना महिलाको उद्धार गरिएको थियो । जसमध्ये ४० नेपाली महिलालाई काठमाडौं ल्याइएको हो ।

उनीहरू सबैलाई घरेलु कामदारका रूपमा खाडीका विभिन्न देश पठाउने तयारी थियो । दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरीको सहयोग लिएर महिपालपुरको विभिन्न होटलबाट उनीहरूको उद्धार गरेको दूतावासले जनाएको छ ।

बुधबार राति दूतावास र भारतीय प्रहरी समेतको सहयोगमा दिल्लीका चार वटा होटलबाट ६३ महिलाको उद्धार गरिएको थियो ।

त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको हो ।

उनीहरू कागजी प्रक्रिया र भिसाका लागि भारत पुगेको बताइएको छ । उनीहरूलाई युरोप पठाउने मेनपावर कम्पनीका प्रतिनिधिले समेत दूतावाससँग समन्वय गरेर आफूहरू कानूनी रुपमा युरोप पठाउन लागेको बताएका थिए ।

उद्दार गरेर काठमाडौं फिर्ता ल्याइएका ४० महिलाहरू भने कुवेत, साउदी, ओमान, दुबईलगायतका देश जाने तयारीमा थिए ।

उनीहरुमध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जना साउदी अरब पठाउन लागिएको थियो ।

ती देशहरूमा घरेलु कामदारको रुपमा महिला जान पाउँदैनन् । जसका कारण दलालहरुले भारतको दिल्ली हुँदै अवैध रुपमा नेपाली महिलाहरुलाई खाडी मुलुक पठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077