Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

खोलाले बगाउँदा एक युवक बेपत्ता

खोलाले बगाउँदा एक युवक बेपत्ता

शनिवार , श्रावण २४, २०८२

मुस्ताङ । मुस्ताङमा जंगलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवाक बेपत्ता भएका छन् ।

बागलुङको जिल्ला निसी खोला गाउँपालिका–६ घर भई हाल मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत ६ महिनादेखि कार्यरत २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार श्रीमतीसहित पाँचजनाको समूह कोभाङ फेदी जंगलमा च्याउ टिप्न जाने क्रममा सोही स्थानमा रहेको धुम्बा खोला तर्ने क्रममा अचानक खोलाको पानीको बाहव बढ्न गई विकलाई खोलाले बेपत्ता बनाएको हो ।

धुम्बा खोलाले युवकलाई बगाउँदा बेपत्ता भएको खबर सोही स्थानमा बस्ने डिल्लीजंग गुरुङले जिल्ला प्रहरी मुस्ताङलाई खबर दिएका थिए ।

धुम्बा खोलाले बगाउँदा युवा बेपत्ता भएको प्रहरी कार्यालयमा खबर गरिएलगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमान्डमा आठजनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमान्डमा सातजनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077