Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तारकेश्वरमा करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु

तारकेश्वरमा करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक युवकको  मृत्यु भएको छ।

जिल्लाको तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको करेन्ट लागेर मृत्यु भएको हो ।

नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर शुक्रबार गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077