काठमाडौँ । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ नगरे व्यापक आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कडा चेतावनीमा उनले गत भदौ २३ गतेको ‘जेनजी आन्दोलन’मा भएको घटनाको जिम्मेवारी शीर्ष नेतृत्वबाटै सुनिश्चित हुनुपर्ने बताएका हुन ।
गुरुङले फेसबुकमार्फत लेखेका छन्, 'अब हामी गृहमन्त्रीमा हिम्मत छ कि छैन भन्ने कुरा हेर्दैछौँ। छानबिन आयोगको लागि पर्खनुहोस्भन्ने उनीहरूको पुरानै शैली अब स्वीकार्य छैन। यदि यसपटक पनि आफ्नो बोली अनुसार कदम चालिएन भने देशभर व्यापक विरोधप्रदर्शन हुनेछ, र त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनुपर्छ।'