Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाट फर्काइए, यस्तो छ कारण

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाट फर्काइए, यस्तो छ कारण

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ सम्बन्धी कार्यक्रमका लागि अमेरिका तथा मेक्सिकोतर्फ प्रस्थान गर्न लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन अधिकारीहरूले फर्काइदिएका छन् ।

अध्यागमन स्रोतका अनुसार दुवै पदाधिकारीलाई ब्ल्याकलिस्टमा राखिएको कारण उनीहरूको विदेश यात्रा रोकिएको हो । उनीहरू आज बिहान मेक्सिको हुँदै विश्वकपसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रस्थान गर्ने तयारीमा थिए।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमै एन्फाका सबै पदाधिकारीलाई विदेश यात्रा गर्न रोक लगाएको थियो। सोही निर्णयअनुसार उनीहरूको यात्रा पुनः अस्वीकृत भएको हो।

यसअघि विदेश यात्रा रोकिएको निर्णय फिर्ता गराउन एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए । तर राखेपले प्रतिबन्ध हटाउन अस्वीकार गरेपछि उनीहरूको यात्रा अनुमति खुल्ने अवस्था बनेन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077