काठमाडौं । अनलाइन नेपालमा प्रकाशित समाचारलाई लिएर पूर्वसचिव तथा योजना आयोगका पूर्वसदस्य डा. रमेशप्रसाद सिंहले असहमति जनाएका छन् ।
अनलाइन नेपालको इमेलमा खण्डन पत्र पठाउँदै उनले २०८३/०२/२१ गते ‘सहरीका अर्बौंका ठेक्का बेच्ने केसी र मानन्धरसँगै सिंह र तुलाधर पनि छानबिनमा तानिंदै’ शिर्षकमा प्रकाशित समाचारप्रति असहमति जनाएका हुन् ।
खण्डनमा उनले चारवटा बुँदामा आफ्नो भनाई राखेका छन् ।
खण्डनमा उनले लेखेका छन्–‘अमुक केसी कन्स्ट्रक्सनसँग व्यक्तिगत लाभ–हानिमा संलग्न नभई राष्ट्र सेवामा समर्पित राष्ट्र सेवकलाई यस प्रकारको लाञ्छना लगाई समाचार प्रसारित गर्नु भनेको मेरो व्यक्तिगत मान मर्दन गर्नु हो । मेरो सेवा अवधिभरि उल्लेख गरिएको केसी केन्स्ट्रक्सनसँग मेरो कुनै प्रकारको आवद्धता वा स्वार्थ जोडिएको थिएन र आजसम्म पनि छैन । यथार्थमा मैले मेरो सेवा अवधिभरि उक्त कन्स्ट्रक्सनसँग कुनै परियोजना वा कार्यमा संलग्न भई कार्य गरेको छैन ।’
यस्तो छ उनको खण्डन

