काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पीटल र काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार प्रभु बैकंका कर्मचारी, प्रभु बैकंका मोबाइल बौकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरुलाई औषधी र उपभोग्य सामाग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १०% छुट पाउने भएका छन् ।
सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोला हस्पीटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्रबाबु विष्टले संयुक्त हस्ताक्षर गरेका छन् ।
बैंकका अनुसार यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ ।
यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।