Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

राजदरबार हत्याकाण्डको छानबिन प्रतिवेदन अध्ययन गरी थप अनुसन्धान अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

राजदरबार हत्याकाण्डको छानबिन प्रतिवेदन अध्ययन गरी थप अनुसन्धान अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणसँगै वि.सं. २०५८ को चर्चित दरबार हत्याकाण्डको फाइल पुनः खोल्नेनिर्णय गरेका छन्।

गृह मन्त्रालयमा मंगलबार पदभार सम्हाल्दै उनले लामो समयदेखि चर्चामा रहेको उक्त घटनाको थप अध्ययन तथा अनुसन्धान प्रक्रिया अघि बढाउने संकेत दिएका हुन्।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णयसमेत गरेका छन्।

साथै, अनुसन्धान क्षमतालाई थप प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्युरोलाई सुदृढ बनाउने र हाल विभिन्न तहमा रोकिएका अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफूविरुद्ध जस्तोसुकै आरोप आए पनि सामना गर्न तयार रहेको बताए। तर, नेपाली महिलामाथि अन्याय र उत्पीडन भएको भने सहन नसक्ने उनको भनाइ थियो।

“ममाथि जे–जस्ता आरोप लगाइए पनि म थेग्न सक्छु, तर नेपाली चेलीहरूले दुःख पाएको अवस्था सहन सक्दिनँ,” उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077