Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पशुपतिनाथ क्षेत्रमा सुनको सिक्री लुटपाट गर्ने ५ भारतीय महिला पक्राउ

पशुपतिनाथ क्षेत्रमा सुनको सिक्री लुटपाट गर्ने ५ भारतीय महिला पक्राउ

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको घाँटीमा लगाइएको सुनको सिक्री लुटपाट गरेको आरोपमा पाँचजना भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चोरी गरिएको दुई थान सुनको सिक्रीसहित नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरू भारत गोरखपुर नौसरका स्थायी बासिन्दा हुन् ।

उनका अनुसार आज बिहान करिब ११स्३० बजे पशुपतिनाथ मन्दिर परिसरभित्र दर्शन गर्न आएका भक्तजनहरूको घाँटीमा लगाएको सुनको सिक्री लक्षित गरी लुटपाट गरिएको थियो ।

दर्शनार्थीले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताए ।

पक्राउ पर्नेमा ३५ वर्षीया अन्जु चमार, २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरती चमार, ३५ वर्षीया रिङ्कु चमार र १८ वर्षीया नन्दनी चमार रहेका छन्।

पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077