Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रधानमन्त्री ओलीको ‘मधेश कार्ड’ सफल

    प्रधानमन्त्री ओलीको ‘मधेश कार्ड’ सफल

    अनलाइन नेपाल
  • शुक्रबार, १८ पुष २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई महत्व नदिदा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा नयाँ कार्ड खेल्न पुगेका छन् । राजपा नेपाललाई साथमा लिएर ओली मधेस छिरेका हुन् ।

    राजेन्द्र महतो सधैँ ओली निकट मानिन्छन् । नाकाबन्दीसहितको मधेस आन्दोलनका बेला पनि महतोले ओलीलाई बालुवाटारमा आएर भेटेका थिए । उनीहरूको सम्बन्धका विषयमा धेरैलाई थाहा छैन । बाबुराम र उपेन्द्रले सरकारलाई आफ्ठ्यारो बनाउन खोजेका थिए ।



    बाबुराम र उपेन्द्रका कारण मधेसमा झर्न ओलीलाई समस्या थियो । मधेस झर्न ओलीले राजपालाई सबैभन्दा उपयुक्त विकल्पका रुपमा लिए । आखिर ओलीकै योजना मुताविक सबै कुरा भयो । ओली एपेण्डिसाइडको बिरामी भएर शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका बेला महन्थ ठाकुर भेट्न पुगेका थिए । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललाई भेट्न अस्वीकार गरेका ओलीले त्यस बेला महन्थ ठाकुरसँग एक घण्टा भेटेका थिए ।



    त्यही भेटमा ओलीले महन्थ ठाकुरलाई कन्भिन्स गरेर सहमतिमा ल्याएको बुझिएको छ । त्यति मात्रै होइन प्रधानमन्त्री ओलीको दल नेकपा र राजपा नेपालवीच राष्ट्रिय सभाको निर्वाचनमा एक भएर जाने सहमति गरे । राजपाले प्रदेश २ मा दुई सिट पाउने भएको छ ।

    ओलीसँग सहमति हुँदै छ भन्ने चाल पाएका अनिलकुमार झाले रातारात काठमाडौं छाडेका थिए । ओलीसँग सहकार्य गर्नु हुँदैन भन्ने लाइनमा झा थिए । राजपाका नेता झा अर्को दिन बिहानै कञ्चनपुर पगेका थिए । ओली र दाहालसँगै सहमति पत्रमा हस्ताक्षर गर्नेमा राजपाका छ जनामध्ये पाँच जना शीर्ष नेता छन् । झा हस्ताक्षर गर्नेमा छैनन् ।

    ओलीसँगको गोप्य कुराहरूलाई महन्थले राजेन्द्रसँग मात्रै गरेका थिए । ठाकुर आजकाल ललितपुर हात्तीवनस्थित अपार्टमेन्टमा बस्छन् । ठाकुर भक्तपुरको सानोठिमीबाट हात्तीवन सरेको ४–५ महिना मात्रै भएको छ । ठाकुरले आफ्नो निवासमा कात्तिक २६ गते विशेष भेला गरेका थिए ।

    उनले आफ्ना पार्टीका अर्का अध्यक्ष राजेन्द्र महतो र महासचिव केशव झालाई राखेर एउटा विशेष निर्णय गर्ने तयारीमा थिए । ओलीसँग सहमति गर्नुभन्दा अगाडि महन्थ र राजेन्द्रले उपेन्द्र र बाबुरामसँगै सहमति गर्न खोजेका थिए । सहमति नभएपछि बाध्य भएर राजपाका नेताहरू नेकपासँग सम्झौता गर्न पुगेका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार