Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कांग्रेस सिध्याउन निधि सक्रिय, पौडेल पक्ष आक्रोशित

    कांग्रेस सिध्याउन निधि सक्रिय, पौडेल पक्ष आक्रोशित

    अनलाइन नेपाल
  • शुक्रबार, १८ पुष २०७६
  • 4.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसभित्र सभपाति शेरबहादुर देउवालाई आफ्नै टिमका नेताहरूले बद्नाम गराउँदै आएको देउवा पक्षकै नेताहरु आरोप लगाउँछन् । विगतमा नवराज सिलवालको आईजीपी काण्ड होस् वा पार्टीभित्रका मनोनयन सबैमा विमलेन्द्र निधिको हालिमुहाली हुँदा देउवा विवादित भइरहे ।

    त्यति मात्रै होइन, निधिको गलत निर्णय र हर्कतका कारण नेपाली कांग्रेसलाई ठूलो नोक्सानी भएको छ । कार्यकर्ताहरूका माझ गृहमन्त्री बनेका बेला आईजीपी काण्डपछि अलोकप्रिय बनेका निधिलाई आफ्नै समूहभित्र निको मानिदैन ।



    सभापति देउवाकी पत्नी डा.आरजु राणालाई उकासेर राजनीतिमा ल्याउन ठूलो भूमिका खेलेका निधिले आरजुकी आमा प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूत बनाउन सहयोग गरेका थिए । आरजुलाई उकासेर निधिले नै कैलालीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाए ।



    नेपाली कांग्रेसमा खासै लगानी नभएकी आरजु हार्न पुगिन् । नेपाली कांग्रेसभित्र अनेकखालका बखेडा ल्याउनेमा निधि नै पहिलो नम्बरमा पर्छन् । राजेन्द्र महतोसँग प्रतिनिधि सभा निर्वाचनमा धनुषामा पराजित भएपछि निधिको पकड मधेसबाट गुम्दै गएको छ ।

    नेपाली कांग्रेसका नेताहरूले निधिका कारण पार्टीलाई समस्या पर्दै आएको बताउन थालेका छन् । रुखो स्वभावका निधिमाथि कुरा सपार्ने भन्दा पनि बिगारेर आफ्नो व्यक्तिगत स्वाथ लिने गरेको आरोप छ ।

    नेपाली कांग्रेसभित्र असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिमा ल्याउनुभन्दा पनि निधिले भड्काउनैतिर भूमिका खेलेको चर्चा छ । स्रोतका अनुसार निधिले नै सभापति देउवालाई पौडेल समूहलाई पेलेरै जानुपर्छ भनेर सल्लाह दिएका हुन् ।

    पौडेल समूहसँग वार्ताको जिम्मेवारी पाएका निधिले कहिल्यै पनि सकारात्मक कुरा गरेनन् । बरु पौडेल समूहलाई भड्काउने कार्य मात्रै गरेको आरोप छ । निधिबाट कुनै कुराको पार नलागेपछि पौडेल समूह आफै निकास खोज्न लागेको छ । उता, प्रधानमन्त्री ओलीले पनि निधिलाई रुचाउँदैनन् ।

    तत्कालीन एमालेले मेची–महाकाली राजनीतिक यात्रा शुरु गरेका बेला निधि गृहमन्त्री थिए । निधिले नै सप्तरीमा दंगा मच्चाएर एमालेको मेची–कालीयात्रालाई बिथोलिदिएको रिस ओलीलाई अहिले पनि छ । त्यस बेलाको निधिको कार्यले नेपाली कांग्रेसलाई सामान्य रुपमा राजनीतिक फाइदा भएपनि दीर्घकाललाई असर परेको छ ।

    निधिका कारण तराई मधेसमा नेपाली कांग्रेस कमजोर भएको छ । तराई मधेसका जनताले नेपाली कांग्रेसबाट मधेसी नेतामा निधिको बिकल्प खोज्न थालेका छन् ।
    निधिले आफूलाई नै तराई मधेसको असली रक्षक मान्छन् । तर, नेपाली कांग्रेसभित्र निधिको पकड एक किसिमले गुम्दै गएको छ । विजयकुमार गच्छदार शक्तिमा उदाउन खोजेका छन् । केही कठिनाइ महशुस गरिरहेका गच्छदार निधिलाई अहिले नै चिढ्याउने पक्षमा छैनन् ।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि गच्छदारले आफूलाई मैदानमा ल्याउने योजना बनाएका छन् । नेपाली कांग्रेसमा पौडेल समूह निधिसँग खुसी छैन । गच्छदार पनि खुसी छैनन् । त्यति मात्रै होइन देउवा समूहकै नेताहरू पनि निधिसँग सकारात्मक छैनन् । निधिलाई यो कुरा राम्रोसँग जानकारी छ ।

    तैपनि एकलौटी रुपमा उनी अगाडि बढ्न खोजिरहेका छन् । जसको बेफाइदा नेपाली कांग्रेसलाई भएको छ । नेपाली कांग्रेस निधिकै कारण ठूलो संकटबाट गुज्रिरहेको नेताहरु बताउँछन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार