Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एनसेल टावरमा आगजनी

    एनसेल टावरमा आगजनी

    अनलाइन नेपाल
  • शुक्रबार, १८ पुष २०७६
  • 2.2K
    SHARES

    निजगढ। बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

    स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मङ्गलबार राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।



    आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उनले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको जनाए । कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार