Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • उपप्रधानमन्त्रीलाई भेट्न जाँदा माओवादीका नेता सीपी गजुरेल पक्राउ

    उपप्रधानमन्त्रीलाई भेट्न जाँदा माओवादीका नेता सीपी गजुरेल पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ पुष २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल पक्राउ परेका छन् । सीमा विवादसम्बन्धी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन जाने क्रममा सिंहदरबार गेट अगाडिबाट उनी आइतबार पक्राउ परेका हुन् ।

    गजुरेललाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।



    आफूहरुले प्रधानमन्त्रीलाई भेट्न खोजेको तर, प्रधानमन्त्रीले कसैलाई भेट नदिएका कारण गजुरेलसहित माओवादीका नेता तथा कार्यकर्ताहरु उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउन गएका थिए ।



    प्रहरीका अनुसार रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा ढु‌ंगामुढा हुँदा २ जना प्रहरीसमेत घाइते भएका छन् ।

    घटनापछिघटनापछि प्रहरीले गजुरेलसहित १० भन्दा धेरैलाई पक्राउ गरेको छ ।

    प्रहरीले गजुरेलसहित १० भन्दा धेरैलाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार