Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ढकालले आशासँग गीत गाउँदा निलमका आँखा रसाए

    ढकालले आशासँग गीत गाउँदा निलमका आँखा रसाए

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 2.4K
    SHARES

    काठमाडौं। भारतीय चर्चित गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिए । आशाले आफ्ना गीतहरुले उपस्थितलाई झुमाइन्।

    साधना कला केन्द्रको आयोजनामा भएको कार्यक्रममा आशाले ‘झरी बनी आएछ सावन’, ‘किन बढ्दैछ ढुकढुकी मेरो’, ‘डाँडा खोला’ गीत प्रस्तुत गरिन्। अर्को चर्चित गीत ‘मोहनी लाग्ला है‘’मा उनलाई नेपालका चर्चित गायक रामकृष्ण ढकालले साथ दिएका थिए।



    गायक रामकृष्ण ढकालले आशासंगै गीत गाउँदा उनकी श्रीमती निलमका आँखा रसाएका थिए। गयाक ढकालले छोरी र निलमलाई कार्यक्रममा सँगै लिएर गएका थिए ।



    केही दिन यता नेपाली संचारमाध्यममा गायक ढकालको डिभोर्सको समाचारले बिभिन्न खालका प्रतिक्रियाहरु आईरहेका छन्।

    कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेरमा दर्जन बढी गीत प्रस्तुत गरिएको थियो। चर्चित गायिका भोसलेको ८६ वर्षको उमेरमा पनि आवाजमा कुनै कमी थिएन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार