Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विदेश पठाउने नाममा शिष्यहरुबाटै १८ लाख ठगी गर्ने बाबा पक्राउ

    विदेश पठाउने नाममा शिष्यहरुबाटै १८ लाख ठगी गर्ने बाबा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ पुष २०७६
  • 2K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न स्थानहरुमा योग शिविर सञ्चालन गरी शिष्यहरु बनाई उनीहरुलाई नै ठगी गर्ने बाबालाई पक्राउ गरेको छ ।

    महाशाखामा बाबा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारीले चेक रिपब्लिक पठाइदिने भन्दै ५ जना युवाहरुलाई ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।



    शिवानन्दले एकजनाको ११ लाख लाग्ने भन्दै टिकाराज पौठाक, सन्जिबकुमार राई र कृष्णप्रसाद बरालबाट १८ लाख लिएको र सृजना घिमिरेलाई भिजिट भिषामा दुबई पठाइदिने भन्दै पासपोर्ट र ३० हजार नगद लिएको उजुरी महाशाखामा परेको छ ।



    गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–१ गैह्राबारी (हुँगा) का २९ वर्षिया शिवानन्द हाल, काठमाडौं गैरधारा बस्दै आएका थिए ।

    उनलाई आज सितापाईलाबाट पक्राउ गरी थप अनुसन्धानको लागी महानगरिय प्रहरी परिसर, काठमाण्डौ पठाईएको पनि महाशाखाले जनाएको छ । ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार