Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्राेत नखुलेकाे १९ लाखसहित दुई जना पक्राउ

    स्राेत नखुलेकाे १९ लाखसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    फाइल फोटो

    रौतहट – रौतहटमा लाखाैँ नेपाली रूपैयाँसहित २ जना पक्राउ परेका छन्। राजदेखी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिगएको टोलीले उनीहरूबाट उक्त नेपाली १९ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको हाे।

    स्रोत नखुलेका रुपैयाँसहित पक्राउ परेका कटहरिया नगरपालिका वडा ६ बगहीका २० वर्षीय नवलकिसोर साह र भारत बैरगनिया वडा १४ का २३ वर्षीय शनी कुमारको साथबाट एकथान मोटरसाईकलका साथै ३ थान मोबाईल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रबिनराज कर्णजितले बताएका छन ।



    सशस्त्र प्रहरी बिओपीका असई अजयथापाको कमाण्डमा गएको टोलीले सोमवार साँझ भारत बैरगनियाबाट रौतहट आउदै गरेको बिआर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको १९लाख एकहजार एकसय ५० रुपैयाँ बरामद गरेको हो
    उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार