Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • श्रीमती र सालीमाथि एसिड आक्रमण!

    श्रीमती र सालीमाथि एसिड आक्रमण!

    अनलाइन नेपाल
  • मंगलबार, १३ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    काठमाडौं – काठमाडौंमा एक जनाले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन्। आइतबार राति ९ बजेतिर बाफलमा एसिड आक्रमणकाे घटना भएकाे हाे।

    गोरखा नगरपालिका ५ घर भएका २९ वर्षीय शिव रम्तेलले एसिड आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ। एसिड प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



    मदिरा खाएर कोठामा पुगेका शिवले श्रीमतीसँग विवाद हुँदा ट्वाइलेट सफा गर्न राखेको एसिड प्रहार गरेका हुन्। त्यसै क्रममा १५ वर्षीया सालीले रोक्न खोज्दा उनीमाथि पनि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट घाइते भएका उनका श्रमिती र सालीको उपचार भैरहेको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार