Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रियंका र आयुष्मान बैवाहिक बन्धनमा बाँधिए

    प्रियंका र आयुष्मान बैवाहिक बन्धनमा बाँधिए

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी बैवाहिक बन्धनमा बाँधिएका छन। शुक्रवार बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् ।

    विवाह समारोहमा प्रियंका र आयुष्मानका पारिवारिक सदस्यसँगै उनीहरुका निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।



    प्रियंकाको जन्मदिनको अवसरमा उनीहरुले कागजी विवाह गरेका हुन् । कानुनी विवाह गरेपछि यो जोडीले शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । प्रियंकालाई लिन आयुष्मान रोल्स रोयस कार चढेर पुगेका थिए ।



    दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले बिहीवार जिल्ला अदालत काठमाडौं पुगेर कानुन अनुसार विवाह गरेका थिए । ‘चंगा चेट’ र ‘प्रेम दिवस’ नामक चलचित्रमा पनि सँगै काम गरिसकेको यो जोडीले विवाहपछि सँगै बस्न काठमाडौंमा घर समेत किनिसकेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार