Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्ततः बामदेवका कारण ओली र प्रचण्डबीच वारपारको लडाइ!

    अन्ततः बामदेवका कारण ओली र प्रचण्डबीच वारपारको लडाइ!

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    काठमाडौं । अन्ततः सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै उपाध्यक्ष तथा शीर्ष नेता बामदेव गौतमका कारण अर्का अध्यक्ष प्रचण्डबीच वारपारको लडाइ हुने संकेत देखिएको छ। प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य नबनाउने अडान पार्टीभित्र कायम राख्ने गरी आफ्ना निकटका नेताहरुसँग छलफल गरिरहेका छन्।

    राष्ट्रिय सभाको मनोनित कोटामा गौतमलाई सिफारिस गर्ने पार्टी सचिवालय बैठकको निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले आफ्नो अडानबाट पछि नहट्ने नेताहरुलाई स्पष्ट पारेपछि पार्टीभित्र कहल सुरु भएको छ। पछिल्लो केही दिन यता नेकपामा आन्तरिक शक्ति संघर्ष, विवाद र किचलो उत्कर्षमा पुगेको छ।



    ओली आफ्नो अडानबाट पछि नहट्ने जानकारी पाएपछि शुक्रबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपालबीच गहन छलफल भएको थियो।



    तर, पार्टीको निर्णय नमान्ने हो भने नेकपाबाट बाहिरिन झलनाथ खनालले ओलीलाई चेतावनी दिए । खनालको चेतावनीपछि ओली आफू प्रधानमन्त्री छाड्न तयार रहेको तर वामदेवलाई राष्ट्रिय सभामा लैजाने विषयमा सहमत हुन नसक्ने नेताहरुलाई बताएका छन् । वामदेवविरुद्धको जनमत आफूसँग रहेको भन्दै ओलीले उनलाई राष्ट्रिय सभामा लैजान नहुने भन्दै अडान कायम राखेका हुन् । बुधबार बसेको सचिवालय बैठकले मनोनित कोटामा गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले त्यस निर्णयप्रति विमति जनाउँदै युवराज खतिवडालाई नै निरन्तरता दिने बताए ।

    प्रधानमन्त्री ओलीको चाहनाअनुसार वर्तमान अर्थमन्त्री खतिवडालाई नै निरन्तरता दिन नसकिने स्पष्ट पारेका प्रचण्डले उनलाई मन्त्री बनाउन चाहे ६ महिना मन्त्री बनाउन सकिने बताएका छन्। ओली इतरका नेताहरूको बैठक सकेर चितवन पुगेका प्रचण्ड त्यहाँबाट फर्केर सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए। केही महत्वपूर्ण निर्णय लिनुभन्दा पहिला र राजनीतिक जटिलता उत्पन्न हुँदा सुकुटे जाने प्रचण्डको पुरानै शैली हो।

    गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गत बुधबारको सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्ने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि नेकपाभित्र तीव्र ध्रुवीकरण र पूर्वएमाले खेमामासमेत बिग्रहको अवस्था सिर्जना भएको छ।

    २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा वामदेव गौतम बर्दिया १ बाट पराजित भएका थिए । उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधनको तयारी गरिएको भन्दै नेकपाको व्यापक आलोचना भएको थियो। उक्त आलोचनाबाट बच्न नेकपाले पूर्ववत निर्णय सच्याउँदै गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। निर्णयलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको अधिकारको विषय भएको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने सन्देश प्रवाह गरपछि नेकपाभित्रको आन्तरिक संघर्ष जटिल मोडमा पुग्यो।

    प्रधानामन्त्री ओली पार्टीभित्रै अल्पमतमा परेपछि उनले नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालासँग बालुवाटारमा डेढ घण्टासम्म भेटवार्ता गरेका थिए। भेटका क्रममा नेता कोइरालाले प्रधानमन्त्रीलाई राजनीनामा दिन सुझाव दिएको बताइएको छ। पार्टीभित्र ओली अल्पमतमा परेपछि उनले राजनीतिक भेटवार्ता तीव्र बनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार