Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अर्थमन्त्री खतिवडाले आज राजिनामा दिँदै

    अर्थमन्त्री खतिवडाले आज राजिनामा दिँदै

    अनलाइन नेपाल
  • मंगलबार, २० फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका सदस्य तथा अर्थमन्त्री डा युवराज खतिवडाले आज राजिनामा दिने भएका छन् । आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने सिटमा कसैको नाम सिफारिस नगरेपछि राजिनामा दिन खतिवडा बाध्य भएका हुन् ।

    राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले राजिनामा दिनु पर्ने संघीय संसदको सचिवालयले जनाएको छ। अहिले राजिनामा दिएपनि फेरि ६ महिनासम्मलाई पनि अर्थमन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ ।



    नेकपाको स्थायी समितिले बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय यसअघि नै गरिसकेको छ । यद्यपी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली उनको पक्षमा उभिएका थिए ।



    देशको अर्थतन्त्रलाई उनले पनि कुनै योगदान दिन नसकेको पार्टीकै शीर्ष नेताहरुको भनाइ छ । राजनीतिक पृष्ठभुमीका व्यक्ति नभएको र जीवनभर जागिरे भएकाले उनले अर्थतन्त्रलाई भिजन दिन नसकेको आरोप छ । राजश्वका लक्ष्य समेत पुरा गर्न सकेनन् । मध्यमवर्गलाई प्रताडित बनाउने नीतिका कारण पनि उनी अलोकप्रिय भए । अर्थमन्त्रीका रुपमा खतिवडाको कार्यशैलीसँग पार्टीकै कार्यकर्ता रुष्ट छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार