Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डिआईजीको संख्या घटाउन गृहमा छलफल, आईजीपी रुष्ट

    डिआईजीको संख्या घटाउन गृहमा छलफल, आईजीपी रुष्ट

    कुमार भण्डारी
  • मंगलबार, २० फाल्गुन २०७६
  • 4.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा डिआईजीको संख्या घटाउनका लागि गृह मन्त्रालयले आवश्यक गृहकार्य थालेको छ ।

    अहिले नेपाल प्रहरीमा प्राविधिकसहित ३४ डिआईजी पद रहेकोमा झण्डै १० डिआईजी पद घटाउनका लागि गृह मन्त्रालयमा सोमबार गृह सचिव महेश्वर न्यौपाने र आईजीपी ठाकुरप्रसाद ज्ञवालीबीच छलफल भएको स्रोतले बतायो ।



    गृह मन्त्रालयले प्रहरीमा समायोजन प्रक्रिया अगाडि बढाएसँगै दरबन्दीको विवरणमा समेत समस्या देखिएको छ । प्रदेश र संघका लागि आवश्यक प्रहरी दरबन्दीको विवरण तयार भइरहेका बेला डिआईजीको संख्या घटाउन लागिएपछि आईजीपी ज्ञवाली रुष्ट बनेको स्रोत बताउँछ । सोमबार उनी बैठककै क्रममा उठेर हिंडेका थिए ।



    गृह सचिव न्यौपानेले भने डिआईजीको संख्या घटाउने विषय छलफलकै क्रममा रहेको र निर्णय भइनसकेको अनलाईन नेपालसँग बताए ।

    प्रहरी प्रवक्ता डिआईजी शैलेश थापाले दरबन्दी घटाउने विषयमा आफू अनविज्ञ रहेको बताए । समायोजनका क्रममा प्रहरी प्रधान कार्यालयमा रहेको दरबन्दी धेरै कटौती हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार